रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै

डिसी नेपाल
१३ कार्तिक २०८१ १०:२५
56
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गर्ने भएको छ। रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ।

रास्पवाले अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडि १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ।

यस अघि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भने पनि सशक्त आन्दोलन गर्न अलमल गरेको छ।

सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रुपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *