पाकिस्तानको एकदिवसीय र टी–२० क्रिकेटका मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले राजीनामा दिए
काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका एकदिवसीय र टी–२० मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले ६ महिनाभित्रै राजीनामा दिएका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोसल मिडिया प्लेटफर्म एक्स मार्फत यो घोषणा गरेको हो ।
पीसीबीले पाकिस्तान क्रिकेटको टेष्ट टोलीका प्रशिक्षक जेसन गिलेस्पीलाई एकदिवसीय र टी–२० टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ ।
भारतको २०११ को एकदिवसीय विश्वकप च्याम्पियन टोलीका प्रशिक्षक रहेका कर्स्टनलाई पीसीबीले यस वर्ष अप्रिलको अन्त्यमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment