वीना मलिकलाई भारतीय फ्यानको चेतावनी–लाहोर पनि कब्जा गर्छौं
एजेन्सी। भारतले जम्मू–कश्मीरबाट आर्टिकल ३ सय ७० हटाएपछि भारतका विरुद्धमा विभन्न व्यक्तिहरुले टिकाटिप्पणी गर्न थालेका छन्। यस्तैमा प्राय भारतका विषयमा विवादित टिप्पणी गर्ने पाकिस्तानी अभिनेत्री वीना मलिकले आफ्नो इन्ष्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्।
भिडियोमा उनी पाकिस्तान जिन्दावाद भन्दै नारा लगाइरहेकी छिन्। साथै कश्मीर पाकिस्तानको हिस्सा बन्ने बन्ने भन्दै नारा लगाइरहेकी छिन्। मलिकको यो भिडियोलाई लिएर अहिले भारतीय इन्ष्टाग्राम यूजर्सहरु भड्किएका छन्।
भारतीय यूजर्सले उनको भिडियोको जवाफ दिएका छन्। उनको यस भिडियोमा प्रतिक्रिया दिदैँ एक यूजर्सले लेखेका छन्, ‘यो कश्मीरको चक्करमा छ, जबकि अझै लाहोर पनि लिनु छ।’ अर्का यूजर्सले लेखेका छन्, ‘कश्मीरको इच्छा राखेभने म्याम कराची पनि लिन्छौं। आँखिर हिन्दुस्तानबाटै त पाकिस्तान जन्मेको हो। छोरा हो हाम्रो।’
View this post on Instagram
#Repost @behtareenpk • • • • • • Kashmir Baneyga Pakistan ?? #VeenaMalik #Pakistan #Kashmir
एका अर्का व्यक्तिले प्रतिक्रियामा लेखेका छन्, ‘युद्ध त जित्न सक्दैनन् यिनिहरु तैपनि कश्मीरको कुरा गर्छन्।’ एक अर्का यूजर्सले प्रतिक्रियामा लेखेका छन्, ‘दुध मागेभने खिर दिन्छौं। कश्मीर मागेभने चिरीदिन्छौं।’ स्मरण होस की यो भन्दा पहिलेपनि वीनाले भारतलाई लिएर विभिन्न टिप्पणी गरेपछि ट्रोल हुँदै आएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment