रास्वपाले भन्यो- रवि निर्दोष छन्, प्रदर्शन पूर्वाग्रह र प्रतिशोधविरुद्ध हो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले सजायको भागीदारपनि राई नै हुनुपर्ने बताएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियामा ल्याउने प्रक्रियामा संलग्न नरहेकोले उनी दोषी नरहेको दोहोर्याएको छ।
रास्वपाले आफूहरुको अहिले जारी प्रदर्शन निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेल विरुद्ध भएको कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment