यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

डिसी नेपाल
१४ कार्तिक २०८१ १७:४२
752
Shares

काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक गरको छ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रिती राई सबिता राना मगर र अमिषा कार्की पहिलो रोजाईमा रहेका छन्।

रेखा पौडेलले सेमिफाइनलमा रातो कार्ड पाएको करणले यो खेल गुमाएकी छन्। आजको टिममा मिडफिल्डर सरु लिम्बु पहिलो रोजाईमा परेकी छन्।

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेलेपनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *