‘मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्ने’

डिसी नेपाल
१४ कार्तिक २०८१ १९:२२
16
Shares

काठमाडं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौंले आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता जबराले राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘बुद्धको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, सीतामाताको देश र मुक्तिनाथ भएको देश हो, हामीले हाम्रो मुलुक जोगाउन एकजुट हुनुपर्छ।’

नेतृत्व तहमा इमान्दारिताको खडेरी भएको बताउँदै नेता जबराले भने, ‘हामीसँग विकास गर्न सबै चिज छ, नभएको केही छैन तर नेतृत्व गर्ने तहमा इमान्दारिताको खडेरी छ। सबैले इमान्दारिता देखाउन जरुरी छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *