प्रशिक्षक बर्खास्तपछिको खेलमा म्यानचेस्टर युनाइटेडको शानदार जित
काठमाडौं। म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गर्दै कारबाओ कपको क्वाटरफाइनलमा पुगेको हो।
म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र ब्रुनो फेर्नानडेजले २-२ गोल गरेका थिए भने अलेजान्द्रो गर्नाचोले एक गोल गरेका थिए। त्यसैगरी लेस्टर सिटीका लागि बिलाल एल खाननोउस र कोनोर कोडीले एक एक गोल गरेका थिए।
अब म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वाटरफाइनलमा टोटनह्यामसँग खेल्ने छ। म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेपछि खेलेको पहिलो खेलमा शानदार जित हासिल गरेको छ । युनाइटेडको अन्तरिम प्रशिक्षकको जिम्मेवारी युनाइटेडका पूर्व खेलाडी रुड भान निस्टलरोयले निभाइरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment