नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउछौँः सञ्चारमन्त्री

डिसी नेपाल
१५ कार्तिक २०८१ १७:०३
44
Shares

काठमाडौं। सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउने बताएका हुन्। उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगाएत केन्द्रबाट छपाई गर्न सके देशको अरवौं रकम जोगिने जिकिर गरे।

समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिदै सरकार अघि बढिरहेको उनले बताए। मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए।

एमाले नेता समेत रहेका गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरुलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसंग प्रशिक्षण दिनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *