रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने

डिसी नेपाल
१५ कार्तिक २०८१ १७:५३
308
Shares

पोखरा। सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ।

प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो। सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ।

कार्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि आज तिहारदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेश गरिने कास्की प्रहरीको तयारी रहेको छ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *