लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल

डिसी नेपाल
१६ कार्तिक २०८१ ६:४८
48
Shares

काठमाडौं। नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखिन्छ। विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो। लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ।

रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौं उपत्यकामा चहलपहल बढेको हो। राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ।

काठमाडौं उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ। यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन्। कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ।

यसैगरी काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी हुँदा चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *