यू-१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित

डिसी नेपाल
१६ कार्तिक २०८१ १६:०४
60
Shares

बैतडी। नरेश श्रेष्ठ स्मृति वाई वाई यू-१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो।

सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयो। मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे। सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २-२ विकेट हात पारे।

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो। जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे।

मधेसका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे। जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ। मधेश भने चौथो स्थानमा छ।

यही कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशको सहभागिता छ। सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *