भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता

डिसी नेपाल
१७ कार्तिक २०८१ १८:०२
116
Shares

काठमाडौं। भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको छ।

टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएपछि भारतविरुद्ध १४३ रनको अग्रता लिएको हो।

दोस्रो इनिंगमा न्यूजील्याण्डका विल योंगले ५१ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन। त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने आर आश्विनले ३, वाशिंटन सुन्दर र आकाश दीपले एक एक विकेट लिए।

यसअघि न्यूजील्याण्डले पहिलो इनिंगमा २३५ र भारतले पहिलो इनिंगमा २६३ रन बनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *