श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

डिसी नेपाल
१८ कार्तिक २०८१ १६:५८
252
Shares

काठमाडौं। श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ। हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि श्रीलंकाले २००७ मा यो उपाधि जितेको थियो।

यस वर्ष नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो। नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो।

त्यसअघि समुह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो। त्यस्तै क्वाटरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने युइएसँग पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *