मंगलबारदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौं। बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन्। मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment