स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीकी लेखा समिति सदस्य पक्राउ
काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ।
काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले गत राति नियन्त्रणमा लिएको हो।
सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरुले जाहेरी दिएका थिए। बचतकर्ताहरुको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment