राष्ट्रपति चुनाव जितेका डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको चीफ अफ स्टाफ नियुक्त गरे
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलोपटक आफ्ना कर्मचारी नियुक्त गरेका छन् ।
डोनाल्ड ट्रम्पले बिहीबार सुजी समरल विल्सलाई ह्वाइट हाउसको चीफ अफ स्टाफमा नियुक्त गरेका छन्। सुजी समरल विल्स राष्ट्रपति चुनावका बेला ट्रम्पको अभियानकी प्रबन्धक पनि थिइन् ।
विल्सलाई ह्वाइट हाउस चीफ अफ स्टाफको रूपमा नियुक्त गर्दै ट्रम्पले भने, “विल्सले मलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो राजनीतिक विजय हासिल गर्न मद्दत गरेकी छिन् ।”
यसै वर्ष अप्रिलमा दिएको एक अन्तर्वार्तामा सुजीले ट्रम्पसँग काम गर्दाको अनुभवको बारेमा कुरा गरेकी थिइन् ।
सुजीले भनिन्, ‘मानिसहरूलाई लाग्छ म धेरै कडा छु । तर उनीहरूलाई थाहा छैन कि ट्रम्पले मेरो कामको आधारमा मात्र मलाई मूल्याङ्कन गर्छन्।’
ट्रम्पका आलोचकहरूलाई जवाफ दिँदै उनले भनिन्, “त्यस्ता मानिसहरूलाई ट्रम्पको काम गर्ने तरिका थाहा छैन। मेरो नजरमा त्यस्ता मानिसहरूको कुनै सम्मान छैन।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment