पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
लेखनाथ। पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड (महिला÷पुरुष) मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ नारायणी भण्डारी प्रथम भएका छन्।
प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियार र रमेश बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्। महिलातर्फ स्वीकृति कार्की र जुही राई तेस्रो भएका छन्। यो दौड फेवा किनाराको बाराही घाटबाट सुरु भई गौरीघाट, सहिदचोक, राष्ट्र बैंक चोक हुँदै ड्यामसाइटबाट पुनः राष्ट्र बैंक चोक हुँदै बाराहीघाट पुगेर सम्पन्न भएको थियो।
विद्यार्थी दौडमा शीर्ष छ÷छ (महिला र पुरुष) खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेले रु ३० हजार, दोस्रोले रु २५ र तेस्रोले रु २० हजार राशि पुरस्कार प्राप्त गर्नेछन्। चौथोदेखि छैँठौँ हुने खेलाडीले रु १०÷१० हजार पाउनेछन्। प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment