कविता : जन्म घर छोडी जाँदा

राज्यलक्ष्मी खतिवडा
२५ कार्तिक २०८१ १२:१४
136
Shares

हाँसु, हाँसु जस्तो लाग्छ, बोलुँ, बोलुँ जस्तो लाग्छ
जन्म घर छोडी जाँदा सधै रोइ दिउँ जस्तो लाग्छ

छोरी भै जन्म लियाैं रैछ हाम्रो कर्म कस्तो?
चैत्रमा डढेलोले खाएको त्यो वन जस्तो

जता हेर्‍याे उराठ लाग्ने भीर पाखा सब पहिरो
नौलो वेश, नौलो भेष मन मेरो भयो बैरो

हाँसु, हाँसु जस्तो लाग्छ, बोलुँ, बोलुँ जस्तो लाग्छ
पराइ घर जाँदा खेरि रोइ दिउ रोइ दिउ जस्तो लाग्छ

छङ् छङ् बग्ने खहरे खोला, पानी जम्ने ताल
ख्याल ख्यालमै जोडिँदो रैछ यो मायाको जाल

कति मन रुँदो होला न्याउलीले गीत गाउँदा
पराइको घरमा गई दिन रात लेख बेसी धाउँदा

हाँसु, हाँसु जस्तो लाग्छ, बोलुँ, बोलुँ जस्तो लाग्छ
जन्म घर छोडी जाँदा सधै रोइ दिउँ जस्तो लाग्छ

जानु पर्ने पराइ घर मुटु भित्र गाँठो पारी
जन्मी, हुर्की, बढेको यो आँगनीलाई चट्टै छाडी

उडी दिन्छ मन मेरो सिमलको भुवा जस्तो
छोरीलाई पराइ घर दिनु पर्ने चलन कस्तो ?

हाँसु, हाँसु जस्तो लाग्छ, बोलुँ, बोलुँ जस्तो लाग्छ
पराइ घर जाँदा खेरि रोइ दिउ रोइ दिउ जस्तो लाग्छ।

सुन्दरहरैंचा–६ दुलारी, मोरङ

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *