स्पेनमा बाढीपछि प्रशासनविरुद्ध आक्रोश चुलियो, जनता सडकमा
काठमाडौं । स्पेनमा भीषण बाढीपछि अहिले स्थानीय जनतामा प्रशासनविरुद्ध आक्रोश छ । स्पेनको भ्यालेन्सियामा शनिबार क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै हजारौं स्थानीयले प्रदर्शन गरेका छन् ।
स्थानीयवासीले ‘हामी माटोले छोपिएका छौँ, तिमी रगतले छोपिएका छौ’ भन्ने नारा लगाएका थिए ।
अक्टोबरमा, भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। बाढीका कारण ८० जना अझै बेपत्ता छन् ।
स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। प्रदर्शनको अन्त्यमा आक्रोशित प्रदर्शनकारीको प्रहरीसँग झडप समेत भएको थियो ।
भ्यालेन्सियाका मेयर मारिया जोसे क्याटालाले सामाजिक सञ्जालमा भत्किएका झ्यालका तस्बिरहरू साझा गर्दै भने, “तोडफोड कुनै समाधान होइन।”
भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment