पाकिस्तानमा सेना प्रमुखको कार्यकाल थपियो

डिसी नेपाल
२६ कार्तिक २०८१ १०:५१
144
Shares

काठमाडौं । पाकिस्तान सरकारले संसदबाट अनुमोदन गरेपछि सेना , नौसेना र वायुसेनाका प्रमुखको कार्यकाल थप गरेको छ ।

संसदले अनुमोदन गरेपछि तीनै सेनाका प्रधानसेनापतिको कार्यकाल पाँच वर्षको भएको छ । यसअघि यो कार्यकाल तीन वर्षको हुने गरेको थियो ।

पाकिस्तानी सेनाको नियम अनुसार जनरलको अवकाश उमेर ६४ वर्ष तोकिएको थियो । तर अब यो स्वीकृतिपछि सेना प्रमुखको हकमा यो नियम लागू हुने छैन ।

पाकिस्तानको पहिलो आर्मी एक्ट अन्तर्गत सेना प्रमुखको कार्यकाल तीन वर्ष तोकिएको थियो भने संसदले तीन वर्ष थप गर्न सक्नेछ । पाकिस्तानमा पनि कुनै समय सेना प्रमुखको कार्यकाल चार वर्षको थियो।

पाकिस्तानका पूर्व रक्षा सचिव, लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) खालिद नईम लोधीले बीबीसी उर्दूलाई भनेअनुसार अयुब खानको समयमा पाकिस्तानी सेना प्रमुखहरूको कार्यकाल चार वर्षको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *