चीनमा भिडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु
काठमाडौं। चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन्।
चिनियाँ अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन्। कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ।
यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुंगोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ।
कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment