विश्वकपमा छनोट हुन नेपाललाई ८४ रनको लक्ष्य
काठमाडौं। युएईले जारी यू–१९ महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।
जित्नै पर्ने अवस्थामा रहेको नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको छ।
टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै ८३ रन बनाएको हो। नेपालका लागि बलर क्रिश्मा गुरुङले ४ विकेट लिइन् भने सिमाना केसी र रिया शर्माले २–२ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment