एनपिएलको प्रसारण स्टार स्टारस्पोर्ट्समा हुने, प्रायोजकमा सिद्धार्थ बैंक
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताए।
उनले पहिलो संस्करणको एनपिएललाई क्यानले ब्राण्डको रुपमा स्थापित गर्न खाजेको उल्लेख गरे। पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले खेल्न इच्छा देखाएपनि सम्भव नभएको भन्दै उनले अर्को संस्करणमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा विकसित हुन सक्ने बताए।
लिग खेल्न आउने विदेशी खेलाडीहरुको श्रम स्वीकृत लगाएका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए। उनले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिटै खेल तालिका सार्वजनिक गर्ने बताए।
त्यस्तै नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिए। क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment