रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
पशुपालकलाई सोलार वितरण
फुङ्लिङ २ मङ्सिरः
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटेमा रेडपाण्डा संरक्षणमा योगदान दिएका पशुपालकलाई गोठ व्यवस्थापनका लागि वितरण गरिएको सोलार सेटका साथमा स्थानीय । उक्त सोलारले घुम्ती गोठमा उज्यालो हुनुका साथै र मोबाइल चार्ज गर्न सहयोग पुग्ने उनीहरु बताउँछन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस
फुङ्लिङ(ताप्लेजुङ)। फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ ।
वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।
मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई रु १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो ।
लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित भएको सन्तबहादुर विष्टले बताए । “६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौँ, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी लागेको छ”, विष्टले भने ।







डिसी नेपाल








Facebook Comment