अमेरिकाको स्वास्थ्य मन्त्रीमा आरएफ केनेडी जुनियरको नियुक्तिको किन विरोध भइरहेको छ ?
काठमाडौं । अमेरिकी स्वास्थ्य मन्त्रीमा रोबर्ट एफ केनेडी जुनियरलाई नियुक्त गर्ने डोनाल्ड ट्रम्पको कदमको विरोधमा प्रदर्शन सुरु भएको छ। केनेडी जूनियर उनको एन्टि-कोभिड भ्याक्सिन अडानका लागि परिचित छन्।
क्यालिफोर्निया डेमोक्र्याटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले उनको नियुक्तिलाई अत्यन्तै नराम्रो बताए । रोबर्ट गार्सियाका अनुसार यसले मानिसहरूको जीवनसँग खेलवाड गरिरहेको छ ।
उनले भने “केनेडी जूनियर एक खोप विरोधी षड्यन्त्रकारी हुन्। उनले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र खोप वितरण प्रणालीलाई नष्ट गरिरहेका छन्।”
अमेरिकन पब्लिक हेल्थ एसोसिएसनले पनि रोबर्ट एफ केनेडी जूनियरको नियुक्तिको विरोध गर्यो। संघले डोनाल्ड ट्रम्पको यस नियुक्तिको कडा विरोध गरेको जनाएको छ।
संघका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले बीबीसीलाई भने: “उनी प्रशिक्षण, व्यवस्थापन र स्वभावको मापदण्डमा यो पदका लागि योग्य छैनन्। उनी यस पदका लागि पूर्ण रूपमा गलत व्यक्ति हुन्। उनीसँग क्षेत्रको कुनै अनुभव छैन र पहिले नै देशको स्वास्थ्यलाई ठूलो नोक्सान पुर्याइसकेका छन् ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment