जेलेन्स्कीको दाबी : ‘ट्रम्प राष्ट्रपति बनेलगत्तै युक्रेन र रुसबीचको युद्ध अन्त्य हुन्छ’

डिसी नेपाल
२ मंसिर २०८१ १४:०६
56
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनी र ट्रम्पबीच फोनवार्ता भएको पनि बताएका छन् । यो कुराकानी सकारात्मक थियो।

जेलेन्स्कीले रुससँग सम्भावित वार्ताका सम्बन्धमा ट्रम्पले कुनै माग गरेका छन् वा छैनन् भन्नेबारे केही भनेनन्। तर जेलेन्स्कीले भने कि उनले ट्रम्पबाट युक्रेनको अडानसँग विरोधाभास गर्ने कुनै कुरा सुनेका छैनन् ।

ट्रम्पले लगातार आफ्नो प्राथमिकता युद्धको अन्त्य भएको बताएका छन् । ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायताबाट अमेरिकी स्रोतको दुरुपयोग भइरहेको बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *