ट्रम्पको महान्यायाधिवक्ता नियुक्ति विवादमा, गेट्जले नाम फिर्ता लिएपछि बोन्डी मनोनित
काठमाडौं। अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन्।
यस अघि नियुक्त गरेका माट गेट्जले आफ्नो नाम फिर्ता लिएपछि ट्रम्पले बोन्डीलाई महान्यायाधिवक्ता नियुक्त गरेको जानकारी दिएका हुन्।
गेट्जले आफ्नो नियुक्तिमा सिनेटबाट समर्थन नपाउने अनुमान गर्दै नाम फिर्ता लिएको मिडिया रिपोर्टमा उल्लेख छ। गेट्ज यौन दुर्व्यवहार प्रकरणमा परेकोले उनको नियुक्ति हुनासाथ नै विवाद बढेको थियो।
सिनेटमा रिपब्लिकन सांसदको बहुमत रहेपनि कैयौं रिपब्लिकन सांसदले गेट्जको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार समेत गरेका थिए।
अर्कोतर्फ नव नियुक्त महान्यायाधिवक्ता बोन्डी फ्लोरिडाकी पुर्व महान्यायाधिवक्ता हुन्। गेट्जले नाम फिर्ता लिना साथ उनको नाम चर्चामा रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment