अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न संसदमा विधेयक पेश

डिसी नेपाल
७ मंसिर २०८१ ११:२९
32
Shares

काठमाडौं । अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, “यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्ताग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो।”

अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। यो १७ पृष्ठको कागजात अर्को हप्ता अष्ट्रेलियाली सिनेटमा पेश गर्न सकिन्छ।

अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन्।

तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनीहरूको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *