गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

डिसी नेपाल
१३ मंसिर २०८१ ८:५२
1.4k
Shares

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो।

दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते छन्। उनको नागरिक अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *