‘१९७४ एडी’ माछापुच्छ्रे सांगीतिक कार्यक्रम कोरियामा

अर्जुन बराल
१६ मंसिर २०८१ १८:१४
84
Shares

सोल। “संगठित समूह नै प्रदेशको साहारा हो” भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले आपतकालीन राहतकोष अभिबृद्धि सहयोगार्थका निम्ति बिशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कोरियाको महानचाड सलनालको पहिलो दिन जनवरी २८ मा प्रख्यात ब्याण्डको साथमा माछापुच्छ्रे  सांगीतिक भाग-४ कार्यक्रम प्रस्तुत गर्न लागिएको छ।

कार्यक्रमले नेपाली कला, संगीत र संस्कृति प्रवद्र्धन गर्नुको साथै भैपरि आउने समस्या समाधानका लागि आपतकालीन राहतकोषलाई सुदृढ पार्न सहयोग पुग्ने बिस्वास आयोजकले लिएका छन्।

यसै अवसरमा ब्लुज रक, रागाज, रक एण्ड रोल, रक संगीतलगाएतका बिधामा परिचित नेपालको चर्चित रक ब्याण्ड “१९७४ एडी” मुख्य आकर्षणका रुपमा सहभागी हुँदैछ।

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको १९७४ एडीको सहभागीताले कार्यक्रमलाई झनै बिशेष बनाउनुको साथै कोरियामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र आपनो संस्कृतिप्रतिको गर्व महसुस गराउने अपेक्षा समेत गरिएको छ।

कास्की परिवार दक्षिण कोरियाका अनुसार यस सांस्कृतिक कार्यक्रमले कोरियामा रहेका नेपालीहरुको एकतामा थप योगदान पुर्याउनेछ भने १९७४ एडीको उर्जा र प्रस्तुतीले कार्यक्रमलाई ऐतिहासिक बनाउने अपेक्षा गरिएको हुँदा कोरियामा रहेका सम्पूर्ण नेपालीलाई यस सांगीतिक लहरमा रमाउँदै आपतकालीन राहतकोष अभिबृद्धिका निम्ति सहयोग गर्ने यो मौका नगुमाउन कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका समग्र नेपाली समक्ष अनुरोध समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *