मैले जिउने संसार लिएर आए बलबहादुर र मेलिना
काठमाडौं। जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायनका जोडि बलबहादुर राजबंशी र मेलिना राईको स्वरमा मैले जिउँने संसार बोलको गीत सार्वजनिक भएको छ।
गीतको शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा सँगीत स्वयम् गायक बलबहादुर राजबंशीको नै रहेको छ। गीतमा संगीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको रहेको छ।
गीतमा नायक कुङ्साङ बोम्जन र आरजु चौधरी राजबंशीको अभिनय देख्न सकिन्छ। गीतको छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहीले गरेका हुन्। गीत जति मिठो छ भिडियोपनि त्यतिनै आकर्षक बनेको छ।
गायक राजबंशी भोइस अफ नेपाल सिजन २ का टप नाइनसम्म पुगेका गायक पनि हुन्। गायक राजबंशीका नेपाली मात्र नभै राजबंशी, भोजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भई सकेका छन्। उक्त गीतलाई बल बहादुर राजबंशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment