स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित

डिसी नेपाल
१९ मंसिर २०८१ ८:३३
180
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले माल्लोर्कालाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाका लागि सुरुवाती गोल फेरान टोरेजले खेलको १२ मिनेटमा गरेका थिए। माल्लोर्काका भेडाट मुरिक्वीले ४३ मिनेटमा गोल फर्काएका थिए। पहिलो हाफमा १-१ गोल बराबरीले टुंगिएकोमा दोस्रो हाफमा बार्सिलोनाले अरू चार गोल थपेको थियो।

खेलको ५६ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले पेनाल्टी र ७४ मिनेटमा अर्को गोल थपेका थिए। ७९ मिनेटमा डि जोङ र ८४ मिनेटमा भिक्टरले गोल गरेका थिए। जारी सिजनमा १६ खेलमा १२ खेल जित्दा बार्सिलोनाले ३७ अंक बटुलेर शीर्ष स्थानमा छ।

बार्सिलोनालाई चुनौती दिने क्रममा दुई खेल कम खेलेको रियल म्याड्रिडको ३३ अंक रहेको छ। माल्लोर्का भने १६ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *