धवनको अर्धसतकमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो। कर्णालीका लागि शिखर धवनले अर्धसतकीय पारी खेले। उनले ४२ बलमा ३ चौका र ३ छक्को मद्दतमा अर्धसतक पुरा गरेका हुन्। ५१ बल खेलेका उनले ४ चौका र ५ छक्को प्रहार गर्दै ७२ रनमा अविजित रहे।
यस्तै चाडविक वाल्टनले २१, जिशन मक्शुदले १४, बाबर हायातले १३ तथा गुल्शन झाले १२ रन बनाए। काठमाडौंका गेरहार्ड इरास्मसले २ विकेट लिए।
दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ। काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment