एनपिएल क्रिकेटः जनकपुरले टस जितेर बलिङ गर्दै
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को आठौं र नवौं खेल हुदैँछ। आजको पहिलो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ।
उक्त खेलमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन्।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा एभेन्जर्स चितवन राइनोजसँग पराजित भएको थियो। जनकपुर तेस्रो जीतका लागि र पोखरा पहिलो जीतका लागि मैदानमा उत्रँदैछन्।
आज हुने पहिलो खेलमा जनकपुर बोल्टसको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment