एनपिएलः सुदुरपश्चिमले लुम्बिनीलाई दियो एक सय ८८ रनको लक्ष्य

डिसी नेपाल
२२ मंसिर २०८१ १०:४४
276
Shares

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई एक सय ८८ रनको लक्ष्य दिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन बनायो। सुदुरपश्चिमका लागि ओपनर सेफ जैबले सर्वाधिक रन बनाए। उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ९० रन बनाएर आउट भए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३९ रन बनाउँदा ब्रान्डन म्यामुलेनले २३ तथा बिनोद भण्डारीले १७ रन बनाए।

लुम्बिनीका रेमन सिमन्ड्ले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवले समान एक एक विकेट लिए।

जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो। एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.