पोखराले टस जित्यो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा हुने उक्त खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको छ।
सोमपार कामीको कप्तानीमा रहेको कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो। कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो।
यसैगरी पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।







डिसी नेपाल







Facebook Comment