काठमाडौं महानगरपालिकाले महानगर दिवस नागरिकसँगै मनाउने

डिसी नेपाल
२६ मंसिर २०८१ २१:१३
52
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले ३० औँ महानगर दिवस नागरिकसँगै मनाउने जनाएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले दिवसलाई नागरिकहरुको सहभागिता र नागरिकसंगै केन्द्रीत गर्ने गरि कार्यक्रम तय गरेको जनाएको हो। जसअन्तर्गत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइने महानगरले जानकारी दिएको छ।

दिवसको औपचारिक कार्यक्रम मंसिर २९ गते सैनिक मञ्चमा हुने र सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेल मैदानमा हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। सांगीतिक कार्यक्रममा स्थानीय मौलिक परम्परागत परिकारको प्रवद्र्धन गर्नेगरि खाना मेला समेत हुने उनले बताए।

त्यस्तै एक वडा एक नमूना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने प्रवक्ता मानन्धरले बताए।

यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको महानगरले जनाएको छ। १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो।

२०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो। यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *