एनपिएलः पोखराले काठमाडौंलाई दियो एक सय ३९ रनको लक्ष्य

डिसी नेपाल
२९ मंसिर २०८१ १०:४५
88
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा आज आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३८ रन बनाएको हो। पोखराका लागि रेमन रिफर सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा एक चौका र तीन छक्का प्रहार गरे। यस्तै दिनेश खरेलले ३८ रन बनाए। २५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे। दिलिप नाथले २७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंका रशिद खान र कप्तान करण केसीले समान तीन तीन विकेट लिए। यस्तै गेरहार्ड इरास्मस र माइकल लेभिटले समान एक एक विकेट लिए।

जारी एनपिएलमा समान पाँच पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा पराजय व्यहोरेका छन्। काठमाडौं अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *