कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय २ रनको लक्ष्य

डिसी नेपाल
१ पुष २०८१ १०:४०
176
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय २ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय १ रन बनाएको हो। कर्णालीका लागि जिशन मक्शुदले सर्वाधिक ३० रन बनाए। यस्तै विलियम बोसिस्टोले १६, बाबर हायातले १३ र चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए।

सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी स्कट कुग्गेलिनले समान दुई दुई विकेट लिए भने शेफ जैबले एक विकेट लिए।

सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार व्यहोरेको छ। दश अंकसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ। आठ अंकसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ। आजको खेल सुदूरपश्चिमले जितेमा १२ अंकसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ। यदी कर्णालीले हार्‍यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ। काठमाडौं गुर्खाज पनि आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *