वसन क्षेत्रीलाई एलिना चाैहान ‘नाई नाई नभन्नु ल” गीतले चर्चा बटुल्दै
काठमाडौं। विगत लामाे समयदेखि कर्म भूमि अस्ट्रेलिया बनाउँदै आएका गायक तथा मोडल बसन क्षेत्रीले ‘नाई नाई नभन्नु ल” बाेलकाे गीत सार्बजनिक गरेका छन्। गायक बसन ग्लोबल कन्सल्ट क्यन्भेरा का संचालक समेत हुन्।
सोही गितमा मिठाे स्वरका धनी वसन क्षेत्रीलाई एलिना चाैहानले साथ दिएको छ भने कुसम शर्मा (सकम्बरी)र वसन क्षेत्रीको अभिनय रहेकाे छ। गीतमा हट देखिएकी कुसुमले वसन क्षेत्रीसँग राेमान्स गरेकी छिन्। संभवत डान्सिङ नम्बरको रुपमा सकम्बरीको यो नै पहिलो मुजिक भिडियो हो।
गीतको शब्द तथा संगीत शिवराज गौतमको रहेको छ भने भिडियो निर्देशन समेत शिवराज गौतम कै रहेको छ। भिडियो को कन्सेप सुमन मोक्तानको रहेको छ भने कोरियो ग्राफरको रुपमा संजिला सुमित्र रहेको छ।
एरेन्जर/ मिक्सिङमा रुबिन मगरले गरेका छन् भने छायांकन/ सम्पादन र कलारिंङ जोन राईले गरेका छन्। युनिका अछामी, रमिता बलामी अनिता तामाङ,आस्था गुरुङ,पुनम तामाङ,रेकिशा खत्री,अंकित क्षेत्री,पवनजंग रोकाया,प्रितम तामाङ,नामगेल शेर्पा,सुसन तामाङ,लक्ष्मण,लगाएत कलाकारहरु कोरसको रुपमा देख्न सकिन्छ।
टार्जन लिम्बुले खिचेकाे ड्रोन सटमा कुसुम र वसनको राेमान्सलाई कैद गरेकाे छ।
उक्त गतिले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ। साझा टिभी (saajha Tv) युटयुब च्यानलमार्फत सार्बजनिक गरिएको गीतले पछिलो समय राम्रो प्रतिक्रिया पाउनुको साथै दर्शकको साथ समेत राम्रो पाएको देखिन्छ तारजन लिम्बुले खिचेकाे ड्रोन सट भिडियाेमा कुसुम,वसन र सिवराजकाे राेमान्सलाई कैद गरेकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment