संगीत पारखीका लागि ‘पिंक पुतली’ रेस्टुरेन्ट
काठमाडौँ। पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिँदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ।
संगीत पारखीहरुको लागि नयाँ बानेश्वरमा ‘पिंक पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौंमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ।
नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिंक पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृस्टी राउत,किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ।
डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए। ‘पिंक पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागस टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment