‘विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुन्छ’

डिसी नेपाल
९ पुष २०८१ २०:३४
36
Shares

किमाथाङ्का। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताएका छन्।

नेपाल प्रेस युनियन सङ्खुवासाले आज सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नदी तथा खोलाबाट बिजुली निकालेर मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष रहेको बताए। सरकारले ठूला आयोजनामा गरिब तथा विपन्नको लगानी सुनिश्चित गर्ने उनको भनाइ थियो। विसं २०३५ सम्ममा मुलुकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री खड्काले उल्लेख गरे।

‘पछिल्लो पाँच महिनामा नौ सय ५० मेगावाट बिजुली बिक्री गरेका छौँ। सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पुर्‍याउने लक्ष्य लिएको छ’, उनले भने।

अरुणबाट मात्रै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने र त्यसबाटै जिल्लालाई पनि समृद्ध बनाउन सकिने उनको भनाइ थियो। नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले यसबाट मुलुकलाई आर्थिकरुपमा सम्पन्न बनाउने सकिने बताए। सङ्खुवासभामै एक हजार ६१ मेगावाटको माथिल्लो अरुणसमेत सरकारको लगानीमा निर्माण गर्ने तयारी भइरहेको मन्त्री खड्काले बताए। खाँदबारीमा आयोजित कांग्रेसको ‘एक सय दिने अभियान’मा सहभागी हुन उनी यहाँ आएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *