कांग्रेस आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनीत

डिसी नेपाल
११ पुष २०८१ १३:१९
160
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको छ। आज कांग्रेस सभापति शेरबहादुर देउवाले १० जनालाई सदस्यमा मनोनीत गरेका हुन्।

केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा बिहीबार सदस्य मनोनीत गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

मनोनीत हुनेमा प्रा. विनय कुसियत (धनुषा), प्रा. डा. रश्मी राजभण्डारी (काठमाडौं), डा. सुदन ओली (रोल्पा), डा. ईशा घर्ती (लम्जुङ), डा. रेवतबहादुर कार्की (ओखलढुंगा), डा. प्रताप छत्कुली (धादिङ), डा. राजेन्द्र बीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी(आर.के.) (धादिङ), होमप्रसाद घिमिरे (ललितपुर) रहेका छन्।

उनीहरूलाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सभापति देउवाले मनोनीत गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *