बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

डिसी नेपाल
११ पुष २०८१ १९:५५
68
Shares

नेपालगञ्ज (बाँके)। बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ। निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए।

निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि रु दुई हजार पाँच सय शुल्क बुझाउनुपर्ने हुन्छ।

सूचना अधिकारी पङ्गेनीले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताए। सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेललागायतका वन्यजन्तु अवलोकन गर्नसक्ने छन्। वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएको उहाँको भनाइ छ।

उनले बाघको बासस्थान पत्ता लगाउन क्यामरामार्फत सर्वेक्षण भइरहेको जानकारी दिए। उक्त सर्वेक्षणले बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ।

विसं २०६७ मा बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *