बढ्यो अण्डाको मूल्य
काठमाडौं । अण्डाको मूल्य एक हप्तामै दुईपटक बढेको छ। शनिबारदेखि लागू हुने गरी ठूलो र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको हो।
नेपाल लेयर्स कुखुरा पालक संघले यसअघि यही पुस ५ गते अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको थियो। यससँगै अण्डाको मूल्य एक हप्तामै दुईपटक ३० रुपैयाँले बढेको छ।
यसँगै चितवनमै मिडियम अण्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ पर्नेछ भने ठूलो अण्डाको मूल्य प्रतिक्रेट प्रतिक्रेट ५१४ रुपैयाँ २९ पैसा पर्नेछ।
सातवटा क्रेटको एक पेटीको मिडियम अण्डाको मूल्य तीन हजार ५०० रुपैयाँ पर्नेछ। ठूलो अण्डाको मूल्य प्रतिपेटी तीन हजार ६०० पर्नेछ।
तोकिएको मूल्यमा चितवनबाट लोड भएर देशभरिको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी थप १४० रुपैयाँ लाग्ने संघले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment