किर्गिस्तानसँगको नेपाल लज्जास्पद हार

डिसी नेपाल
२ भदौ २०७६ १९:०५

काठमाडौं । एभीसी एसियन सेन्ट्रल जोन सिनिय पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाली सेनाको कभर्डहलमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो सेटमा २५–२३ को सेटमा पराजित भएको थियो । नेपालले खेलमा अग्रता लिएर पनि पराजित हुन पुग्यो ।

दोस्रो र तेस्रो सेटमा कुनै पनि समय अग्रता लिन नसकेको नेपालले किर्गिस्तानलाई कडा टक्कर दिएपनि दोस्रो सेट २५–२२ र तेस्रो सेट पनि २५–२२ ले नै गुमाउन पुग्यो ।

नेपाल रहेको समूह ‘ए’ मा तीन टोली मात्रै रहेकाले पनि हारपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । त्यसका लागि नेपालले बुधबार माल्दिभ्सलाई पराजित गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *