डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न सहजीकरण गरिँदै

डिसी नेपाल
१३ पुष २०८१ २१:३५
16
Shares

अमरगढी (डडेल्धुरा)। जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्य सामग्रीबारे अभिमुखीकरण गराइरहेको हो।

कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका शिक्षकलाई सहजीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिए। कार्यक्रममा नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र शिक्षण विधिबारे विस्तृत जानकारी प्रदान गरिएको उनले बताए।

सहजीकरणले शिक्षकलाई नयाँ पाठ्य सामग्रीको प्रयोग र कक्षाकोठामा व्यवहारिक शिक्षण प्रविधिको उपयोग गर्न सिकाउने लक्ष्य राखेको छ। उनका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास गर्न प्रेरित गर्नेछ।

सहजीकरण कार्यक्रम जिल्लाको सातवटै पालिकामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको बताउँदै पाण्डले यसअघि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए। आइतबार भागेश्वर गाउँपालिका, १५ गते गन्यापधुरा र १६ गते अमरगढी नगरपालिका, १८ र १९ गते क्रमशः नवदुर्गा र अजयमेरु गाउँपालिकामा सहजीकरण कार्यक्रम सञ्चालन गरिने प्राविधिक उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *