बैतडीको लगनमा पहिलोपटक बिजुली
बैतडी। बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ। गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो।
लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुस भएका छन्। गाउँपालिका –३ का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा निकै खुसी भएका र यस्तै खुसी ल्याउन बिजुली नपुगेका ठाउँमा विस्तारका लागि पहल भइरहेको बताए।
उनले पालिकाका ठूलीसैनी लगन, चामडाया, पैरा, मल्लीसैनीलगायतका टोलमा चाँडै बत्ती बाल्ने गरी काम भएको जानकारी दिए। ‘धेरै प्रयासपछि यहाँ विद्युत् विस्तार भएको छ। अब बाँकी रहेका टोलका लागि पनि वडा नं ३ कै चमडेखर्कमा ट्रान्सफर्मर जडानको काम भइसकेको र ती क्षेत्रमा छिट्टै बिजुली बाल्ने छौँ’, वडाअध्यक्ष धामीले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment