विश्व बरियतामा नम्बर एक खेलाडी जिन्स लगाएको कारण प्रतियोगिताबाट निष्काशित

डिसी नेपाल
१५ पुष २०८१ १४:१३
2.9k
Shares

काठमाडौं । पाँच पटकका विश्व चेस च्याम्पियन म्याग्नस कार्लसनलाई वर्ल्ड र्यापिड एण्ड ब्लिट्ज च्याम्पियनसिपमा ड्रेस कोड उल्लङ्घन गरेको भन्दै पहिले जरिवाना र त्यसपछि अयोग्य घोषित गरिएको छ ।

अन्तर्राष्ट्रिय चेस फेडेरेसन अर्थात फिडेले उनको विरुद्धमा यो कदम उठाएको हो । कार्लसन जीन्स लगाएर च्याम्पियनसिपमा आएका थिए। वास्तवमा, आफ्नो खेलको आठौं राउन्ड पछि कार्लसन जीन्स लगाएर नयाँ राउन्ड खेल्न आए।

तर फिडेले यो ड्रेस कोडको उल्लङ्घन भएको बताएको छ। उनलाई लुगा परिवर्तन गरेर फर्किन भनियो । तर उनले अस्वीकार गरे । त्यसैले उनलाई पहिले २०० डलर जरिवाना लगाइयो र त्यसपछि उनी प्रतियोगिताको लागि अयोग्य घोषित भए ।

नर्वेजियन चेस खेलाडी म्याग्नस कार्लसन पाँच पटक विश्व चेस च्याम्पियन बनेका छन्। हाल उनी फिडे विश्व चेस बरियतामा पहिलो नम्बरमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *