चीनले आफ्नो सिस्टम ह्याक गरेको अमेरिकी वित्त विभागको आरोप

डिसी नेपाल
१६ पुष २०८१ १५:५९
56
Shares

काठमाडौं । चिनियाँ सरकार प्रायोजित ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रणालीहरू ह्याक गरेको अमेरिकी अधिकारीहरूले सोमबार बताएका छन् ।

विभागका अनुसार ह्याकरहरूले कर्मचारीहरूको कार्यस्थल र केही कागजातहरूमा पहुँच गरेका थिए। चीनले ती आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भएको बताएको छ।

यो घटना डिसेम्बरको शुरुवाती दिनको हो। अर्थ विभागले सिनेटरहरुलाई पत्र लेखेर जानकारी गराएपछि यो जानकारी सार्वजनिक भएको हो ।

अमेरिकी एजेन्सीले यस चोरीलाई ‘ठूलो घटना’ भनेका छन्। यस घटनाको प्रभावको अनुसन्धान गर्न एफबीआई र अन्य एजेन्सीहरूसँग काम भइरहेको पनि उसले बताएको छ।

राजधानी वासिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीलाई यो आरोप ‘निन्दनीय आक्रमण’ को हिस्सा भएको र ‘कुनै तथ्यविना’ गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *